Downloads
|
|
(निःशुल्क) छात्रवृत्ति तर्फ आवेदन दिने सम्बन्धी अत्यन्त जरुरी सूचना | 2023-01-09 06:48:58 |
|
|
(निःशुल्क) छात्रवृत्ति तर्फ आवेदन दिने सम्बन्धी अत्यन्त जरुरी सूचना | 2023-01-09 06:48:58 |
यस संस्थाकी संस्थापक (आस्था बस्नेत) ठगेन्द्र कुमारी बस्नेत हुनुहुन्छ । उहाँको घर रामेछाप
जिल्ला रामेछाप न.पा. ७ हो। विहान वेलुका छाक टार्न समेत धौ धौ रहेको उहाँको परिवारिक
स्थितिको कारण पढाई वाल्यकाल अभावमा नै गुज्रिएको थियो । आर्थिक अवस्था कमजोर भएकाले
गर्र्दा निरन्तर रुपमा गर्न नसकी गाउँ देखी शहर आई एक घरेलु कामदारको रुपमा विभिन्न घरमा
गई सरसफाई, लुगा धुने, भाडा माझ्ने, काम गरेर आफू र आफ्नो आमा बुवाको जीवन चलाई रहनु
भएको थियाृ ।
यसै क्रममा आफू काम गर्ने एक घरको मालिक, जो निकै पहँुचवाला र प्रभावशाली व्यक्ति . थिए ।
घरमालिकबाट नैगंभीर यौन हिंसाको शिकार भई पिडित हुन पुग्नु भयो। आफ सारै अन्ययमा परेको
महशुस गरी कानुनी उपचारको लागी विभिन्न निकाए धाएता पनि मेरो दुख पिडा र आशुँ देख्ने
बुझ्ने प्रयास कहिं कतैबाट भएन । आफूलाई जवर्जस्तीकरणी गरिएको जाहेरी दिन समेत उहालाई
प्रहिरीले महिनौ सम्म रोकेर राख्यो । करणी गर्ने व्यक्तिको प्रभाव र पहँुचले गर्दा प्रहरीले जाहेरी समेत
लिन नमानी कहिले गौशाला प्रहरी, कहिले कालीमाटि प्रहरी गरी अनेक शास्ती दिइयो ।
। यहाँ सम्म कि पैसा र शतिmको आडमा निज अपराधिक गुण्डा लगाएर उहाँलाइ मार्न लगाई उहाँको
कोठा, उहाँले काम गर्ने घर,हिड्ने बाटोमा पछ्याउदै गाउँमा रहेका उहाँकोवुवा आमालाई मार्नलाई
गाउुँसम्मै गण्डा खटाएका थिए । उहाँलाई पैसामा मिल्नलाई धैरै दवाव दिए, करोडौ रुपैयाँ समेत
अगाडी राखे, आधा सम्पति नै दिन्छु मुद्दा दायर नगर भनेर धेरै दवाव दिए । तर उहाँलेति सबै कुरा
इन्कार गरी पैसा हैन न्याय चाहियो भनी याचना गर्दा निजले विभिन्न व्यतिm खटाई उहाँलाई शारीरिक
तथा मानसिक तनाव दिने कार्य बढ्दै गयो।
यी सबै सहन नसकेर केही सीप नलागे पछि उहाँ आफैले सामाजिक संजालमा आफ्नो सारा पिडा
सार्वजानिक गरे पछि चारैतिर हल्लीखल्ली भयो र विभिन्न व्यक्ति एंव संस्थाहरुले आवाज उठाउन
थाले पश्चात यो घटना एकजना ए.आइ.जी.पीसंग भेटेर आफ्नो कुरा राख्ने मौका पाए । उहाँको
आदेशले बल्ल जाहेरी निवेदन दर्ता भई अनुसन्धान शुरु भयो । हाल निज पिडक अनुसन्धानका लागि
जेलमा छ, मुद्धा विचाराधिन छ तर उक्त मुद्धा दर्ता गर्न आदेश दिने ए.आइ.जी.पी र मुद्धा दर्ता गर्ने
प्रहरी निरीक्षक दुवैलाई सरुवा गरियो । जवर्जस्तीकरणी गरेकोमा, सो को लागि न्याय पाउन हाल
सम्म संघर्षरत हुनुहुन्छ । उहाँ माथि भएको अन्याय र अत्याचारको पर्याप्त प्रमाण हामीसँग सुरक्षित
हुँदा हुँदैपनि शतिmको पहँच पैसा र राजनीतिक तथा प्रशासनिक शतिmकोआडमा गरिने दमनले गर्दा
एक निम्न वर्गको नागरिकले न्याय मााग गर्नु भनेको मृत्यु बोलाउनुसरह रहेछ भन्ने महशुस भयो ।
अन्यायमा परेकी एक अवला नारीले न्याय खोज्ने क्रममा कति पिडा भाग्न पर्छ भन्ने कुराको एक
उदाहरण हुनुहुन्छ ।
यस्तो कहाली लाग्दो त्रासदीको बिचमा उहाँले निराशा, विक्षिप्तता घोर अपमान, पिडकको गुण्डाहरुको
आक्रमण तथा धम्कीहरुको व्यापक सामना गर्नु परेको थियो, जसले गर्दा विक्षिप्त अवस्थामा उहाँले
आत्महत्याको समेत प्रयास गर्नु भयो । तर सौभाग्यवस मलाई बचाइयो । प्रहरी प्रशासनको असहयोग,
अदालतमा वकिलहरुको जिरह, गुण्डाहरुको धम्की एंव चरम मानसिक यातना तथा आर्थिक
प्रलोभनहरुको बीचमा न्याय पाउन कति कठिन छ भन्ने कुराको जिउँदो प्रमाणको रुपमा उहाँ रहनु
भएको थियो।
तसर्थ यौन हिंसा पिडित महिला एंव वालवालिकाहरुलाई सचेतना फैलाउन निकै आवश्यक
छ भन्ने महसुस भयो । उनीहरुलाई न्याय दिलाउन इमान्दार, जुझारु एंव हदैसम्मको प्रयास तथा
संघर्ष गर्न अत्यन्त आवश्यक छ भन्ने महसुस भयो । यी र यस्ता सम्पूर्ण किसिमको प्रयासहरु स्वयम
आफैले नै गर्न परेको भएकोले भविष्यमा कोही कसैले पनि पिडित हुन नपरोस्, पिडितले न्याय र
पिडकले सजाय पाओस्भन्ने पवित्र उदेश्य लिई अन्य आफु जस्ता यौन हिसां पीडितहरुलाई समेत
न्यायका लागि सहयोग गर्न भनि “आस्था दिदी साहारा घर” को स्थापना गरिएको छ । यस संस्थाको
जन्म नै यौन हिंसाको जगमा भएको छ र पूर्ण समर्पणका साथ इमान्दार प्रयास गर्नका लागि प्रतिवद्ध
छ ।